भरूवा बन्दुकसहित एकजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

बाँके । डुडुवा गाउँपालिका-६ सिखनपुर्वा बस्ने २५ वर्षीय राहुल सिंह सरदारलाई भरूवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ ।

सरदारले मादक पदार्थ सेवन गरी भरुवा बन्दुक देखाई घरपरिवार तथा छरछिमेकीलाई डरत्रास तथा धम्की दिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?