प्रहरी अस्पताललाई सानिमाको सहयोग

Read Time = 1 min

काठमाडौं । सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगंजबीच न्यून आर्थिक अवस्था भएका महिलाका लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरुगाईं र अस्पतालका तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार सानिमा बैंकले न्यून आर्थिक अवस्था महिलाको उपचारका लागि वार्षिक चार लाख ८० हजार रुपैयाँ सहयोग प्रदान गर्नेछ ।

सानिमा बैंकले प्रत्येक नारी बचत खाताबापत बैंक तर्फबाट मासिक एक रुपैयाँका दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्र्दै आएको छ । संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नेपाल प्रहरी अस्पतालसँग सम्झौता गरिएको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?