पाल्पा बस दुर्घटना : घाइतेको मिसन अस्पतालमा उपचार हुँदै (अपडेट)

Read Time = 2 mins

-रामचन्द्र रायमाझी

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका –२ लघुवामा भएको बस दुर्घटनाका घाइतेहरुलाई तानसेनस्थित युनाइटेड अस्पतालमा उपचार भइरहेको छ ।

घाइते मध्ये १५ जनाको मिसन अस्पतालमा उपचार भइरहेको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जीवन प्रसाद भट्टराईले बताउनु भयाे । दुर्घटनामा परी १६ जना घाइते भएका छन् ।

गुल्मीको मजुवाबाट बुटवलतर्फ हिडेको लु १ ख ५९५२ नम्वरको बस लघुवामा दुर्घटना भएको हो । आइतबार दिउँसो ४ : ३० बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हार्थोक प्रहरीचौकीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरु तीन जना पुरुष र तीन जना महिला भए पनि नाम, ठेगाना भने खुल्न सकेको छैन ।

बस सडकबाट करीव १ सय मिटर तल खसेको जनाएको छ । बस सडकको डिल भासिएर दुर्घटना भएको स्थानीयवासी विश्व कार्कीले बताउनुभयो ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?