पाल्पा बस दुर्घटनाः मृतक सबैको पहिचान खुल्यो (अपडेट)

हिमालय टाइम्स
Read Time = 3 mins

-रामचन्द्र रायमाझी

पाल्पा । पाल्पामा आइतबार भएको बस दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको छ । बाग्लुङको बुर्तिवाङबाट रुपन्देहीको बुटवलतर्फ जाँदै गरेको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिव्दीकोट गाउँपालिका-२ लघुवामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने १६ जना घाईते भएका थिए ।

दुर्घटनामा परी मृत्यु हुनेमा गुल्मी चन्द्रकोट गाउँपालिका-८ मझुवाका १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट नगरपालिका-७ का ४० बर्षीय लालबहादुर राना कुमाल, रुपन्देही देवदह नगरपालिका-७ की ८७ बर्षीया डिलसरी कामी, कपिलबस्तु बाणगंगा नगरपालिका-२का ४५ वर्षीय यज्ञबहादुर (सुरज) सोमै, नवलपरासी बर्दघाट नगरपालिका-५ की २४ वर्षीया पूर्णिमा कामी र बाग्लुङ बडिगाड गाउँपालिका- १०की ५५ वर्षीया यमकली थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी एवं सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा घाईते भएका तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारत १६ जना मध्ये ८ जनाको डिस्चार्ज भएको छ भने ८ जनाको उपचार भईरहेको छ । अस्पतालमा उपचारत घाईतेहरुमा बस चालक रुपन्देही कञ्चन गाउँपालिका-५ का ३३ वर्षीय किशन श्रीस, गुल्मी चन्द्रकोटका ३१ वर्षीय चन्द्रबहादुर कामी, कपिलवस्तु वाणगंगा नगरपालिका-२ का ४२ वर्षीय पिताम्वर रेग्मी, बाग्लुङ पाटन नगरपालिका-१ का ३० वर्षीय टेकलाल रसाईली, रौतहट विरेन्द्र वन गाउँपालिका-७का २८ बर्षिय संजय कुमार ठाकुर, म्याग्दी रुमा गाउँपालिका-४की ३९ वर्षीया सुमित्रा रोका, सोही ठाउँकै ४ वर्षीय विश्वास रोका र रुपन्देही देवदह नगरपालिका-७का खड्क बहादुर विक रहेका छन् । उनीहरुको टाउको, ढाड, मुख, हात खुट्टामा चोटपटक लागेको छ ।

म्याग्दीकी सुमित्रा र देवदहका खड्क बहादुरको भने अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आईतबार अपरान्ह साढे ४ बजेको समयमा अकस्मात दुर्घटना भएको बस सडकबाट करीव १ सय मिटर तल खसेको पाल्पा प्रहरीले जनाएको छ । बस के कति कारणले दुर्घटना भएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?