छाडा चौपाया व्यवस्थापन गर्न जिप सहयोग

हिमालय टाइम्स
Read Time = 1 min

-चन्द्रकान्त खनाल

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले तिलोत्तमा नगरपालिका–१ मा रहेको गौशालालाई नयाँ सवारीसाधन हस्तान्तरण गरेको छ ।

तिलोत्तमा नगरपालिकाभित्र रहेका छाडा चौपाया (गाईवस्तु) का कारण यस क्षेत्रका किसानहरू समस्यामा परेको तथा सवारी दुर्घटना बढ्दै गएकाले छाडा चौपाया व्यवस्थापनमा सहयोग होस् भन्ने उद्देश्यले उक्त जिप प्रदान गरिएको तिलोत्तमा नगरपालिकाले जनाएको छ ।

तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले उक्त जिपको साँचो तथा अन्य कागजात गौशालाका गुरु रंतीदेव दासलाई हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा बोल्दै नगरप्रमुख खाँणले नगरवासीहरूको समस्या समाधान गर्न आफू निरन्तर क्रियाशील रहने बताउँदै छाडा चौपाया व्यवस्थापनमा नगरपालिकाका तर्फबाट निरन्तर सहयोग रहने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?