नाडा अटो एक्स्पो स्थगित

Read Time = 1 min

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा गर्ने भनिएको नाडा अटो एक्स्पो २०२२ स्थगित गरेको छ ।

सरकारले कार, जिप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध साउनदेखि खुला गर्ने भनेकोमा सो समयावधि अझ थप गरेर भदौ १४ गतेसम्म विस्तार गर्नुका साथै १५० सिसीभन्दा माथिका दुईपांगे्र सवारीसाधन आयातमा समेत थप प्रतिबन्ध लगाएपछि एक्स्पो स्थगित गर्नुपर्ने अवस्था सिर्जना भएको नाडाले जनाएको छ ।

नाडाका अध्यक्ष धु्रव थापाको अध्यक्षतामा आइतबार काठमाडौंमा सम्पन्न बैठकले एक्स्पो स्थगितको निर्णय गरेको नाडा अटो एक्स्पो समितिका सभापति अनुप बरालले जानकारी गराउनुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?