युराेपका बडिबिल्डरले ‘इन्स्टाग्राम लाइभ’ भिडियो बनाएर श्रीमतीको हत्या

हिमालय टाइम्स
Read Time = 3 mins

बोस्निया । दक्षिण पूर्वी युरोपमा अवस्थित बोस्नियामा एउटा निकै डरलाग्दो घटना रेकर्ड गरिएको छ ।

यस घटनामा सुलेजमानोभिक नामका एक बोस्नियाली बडी बिल्डरले इन्स्टाग्राममा लाइभ स्ट्रिमिङ गरेर आफ्नी पूर्व पत्नीको हत्या गरेका थिए। यसबाहेक उनले पछि अन्य दुई जनाको पनि हत्या गरी आत्महत्या गरेका छन्  ।

समाचार अनुसार उत्तरपूर्वी बोस्नियाको तुज्ला शहरमा प्रहरीले एक विज्ञप्ति जारी गर्दै बडी बिल्डरले दुईजनालाई आक्रमण गरी उनीहरूलाई मारेको र तीन जना घाइते भएको बताएको छ।

बडिबिल्डरले पहिले आफ्नी श्रीमतीको हत्या गरे र त्यसपछि पेस्तोलको मद्दतले एक पुरुष र छोराको सडकमा गोली हानेर हत्या गरे। यसबाहेक बोस्नियाली सहरका विभिन्न स्थानमा बडि बिल्डरले एक प्रहरी, एक पुरुष र एक महिलालाई समेत घाइते बनाएका छन् ।

सुलाजमानोभिकले शुक्रबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो सेयर गरेका थिए ।  उनले आफ्ना अनुयायीहरूलाई चेतावनी दिए कि उनी हत्याको साक्षी हुन लागेका छन । यसपछि उनले मोबाइलको क्यामेरा आफ्नी पूर्व पत्नीतर्फ फर्काए । उनकी श्रीमतीको अनुहारमा चोट लागेको थियो र उनको अनुहार रगतले लतपतिएको थियो । हातमा बन्दुक लिएर कराए र भने, ‘तपाईहरुले यस्तो कुरा हेर्न जाँदैछौ जुन तपाईहरुले पहिले कहिल्यै देखेका छैनौं ।’

बोस्नियाको सहरमा भएको दुःखद घटनाप्रति प्रतिक्रिया दिँदै प्रधानमन्त्री नर्मिन निक्सिकले आज ग्राडाकाकमा के भयो रु त्यसको वर्णन गर्न मसँग शब्द नभएको बताएका छन् । हत्याराले आफ्नो पनि ज्यान लियो तर त्यसअघि उसले थप तीन जनाको हत्या गर्यो। निर्दोष जनताको जीवन कसैले फिर्ता ल्याउन सक्दैन ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?