अब विराटनगरमा र्‍याडिसन होटल

Read Time = 2 mins

काठमाडौं । विराटनगरमा पाँचतारे होटल र्‍याडिसन खुल्ने भएको छ । सो सम्बन्धमा अन्तर्राष्ट्रिय चेन ¥याडिसन होटल ग्रुप र दी सेन्चुरियन होटलबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा सेन्चुरी ग्रुप अफ कम्पनीका अध्यक्ष मोतिलाल दुगड र र्‍याडिसन होटल ग्रुप साउथ एसियाका प्रबन्ध निर्देशक जुविन साजेनाले सोमबार काठमाडौंमा हस्ताक्षर गर्नुभएको हो । उक्त होटल एक सय ४० कोठाको हुने बताइएको छ । होटल आगामी १८ महिनापछि अर्थात् सन् २०२४ को जनवरीदेखि सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ ।

विराटनगरमा पाँचतारे होटल खुल्दा सो क्षेत्रका व्यवसायी र देशविदेशबाट आउने पर्यटक लाभान्वित हुने भन्दै विश्वप्रसिद्ध चेन होटल र्‍याडिसन भित्र्याउन पाउँदा खुसी लागेको अध्यक्ष दुगडले बताउनुभएको छ । विराटनगर विमानस्थलबाट ४.२ किलोमिटर, जोगवनी रेलवे स्टेसनबाट १५ मिनेट र भारतको सीमाबाट ८.६ किलोमिटर दूरीमा अवस्थित होटलले भारतीय पर्यटक तथा व्यवसायीका लागि पनि सहज हुने उहाँको भनाइ छ ।

उक्त होटल सेन्चुरियन मलमा रहनेछ । मल निर्माणमा करिब तीन अर्ब लगानी हुने, ४० प्रतिशत सेयर पुँजी र ६० प्रतिशत बैंकको कर्जा लगानी रहने बताइएको छ । र्‍याडिसनअन्तर्गत संसारका दुई सय २० मुलुकमा १७ सयभन्दा बढी होटल सञ्चालनमा रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?