अवैध लागूऔषधसहित एक जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

झापा । मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित पुरानो मेचीपुल अगाडिबाट ३ ग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इलाम सन्दकपुर गाउँपालिका-२ बस्ने २७ वर्षीय रविन गुरूङ छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?