जति बाँच्छु, सामाजिक कार्यमा लाग्छु : वरिष्ठ नेता पौडेल

फाईल फाेटाे

Read Time = 2 mins

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाँचुन्जेल सामजिक कार्यमा लाग्ने बताउनुभएको छ । व्यास नगरपालिका–१४ कुलुङ्गमा आज कार्यकर्तासँग भेटघाट गर्दै उहाँले आगामी दिनमा काम गरेर देखाउने उल्लेख गर्नुभयो ।

“म जति दिन बाँच्छु, बाँचुन्जेल सामाजिक क्षेत्रमै काम गर्छु,” नेता पौडेलले भन्नुभयो । व्यास नगरपालिका–१२ को छिर्कनबाट व्यास–१४ को कुलुड हुँदै केशवटार जोड्ने सडक निर्माण गर्न आफूले विशेष पहल गरेको उहाँले बताउनुभयो । कुलुङ्ग, छाब्दी र बन्दीपुरलाई जोडेर पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा नेता पौडेलले जोड दिनुभयो ।

पर्यटकीय प्रवद्र्धनका लागि जिल्लाका ऐतिहासिक एवं धार्मिक क्षेत्रको संरक्षण र संवद्र्धनमा जोड दिन आवश्यक रहेको उहाँले बताउनुभयो । विगतमा रोकिएका विकास निर्माणका कामलाई निरन्तरता दिइने नेता पौडेलले उल्लेख गर्नुभयो । उहाँका साथमा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विक पनि रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?