नबिल उद्यमशीलता आवेदन खुला

Read Time = 2 mins

काठमाडौं । ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रमको पहिलो ब्याचको सफलतासँंगै नबिल बैंकले दोस्रो ब्याचका लागि आवेदन खुला गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल अफ सोसल इन्टरप्रेनरसिप इन्डियाको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ ।

कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधिलगायतका क्षेत्रमा नवीनतम सोच भएका १८ देखि ५० वर्ष पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । सामाजिक उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्यका साथ कार्यक्रम छ महिनासम्म चल्नेछ ।

साथै हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ । तालिम अवधिभर तथा बाँकी छ महिना गरी एक वर्षका लागि सबै सहभागीलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यावहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्नेछ ।

आर्थिक सामाजिक रूपान्तरणका लागि सुरु गरिएको फेलोसिप कार्यक्रमको पहिलो ब्याचमा २० जना छनोटमा परेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?