एनआइसीमा मेसिनबाटै रकम खातामा

Read Time = 2 mins

काठमाडौं । एनआइसी एसिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवा सञ्चालनमा ल्याएको छ । सेवाअन्तर्गत बैंकमा गई कुनै भौतिक फारमबिना ग्राहकले केवल खाता नम्बरका आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्नेछन् ।

मेसिनबाट हजार र पाँच सय दरका नोटमात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एकजना ग्राहकको खातामा एकपटकमा अधिकतम् ९९ हजार पाँच सय गरी दैनिक अधिकतम् नौ लाख ९९ हजार पाँच सयसम्म नगद जम्मा गर्न सकिने व्यवस्था रहेको बैंकले जनाएको छ । नयाँ सेवाबाट नगद जम्मा गर्न सेवाग्राहीले मेसिनमा रकम जम्मा गर्न इच्छाएको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा ओटिपी प्राप्त हुनेछ ।

ओटिपी मेसिनमा उल्लेख गरेर भेरिफाइपछि रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुनेछ । मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले रकम गनेर खातामा तत्काल सहजरूपमा जम्मा गरिदिने र त्यसको जानकारीसमेत एसएमएस तथा रिसिप्टमार्फत् उपलब्ध हुने बताइएको छ ।

हाल यस्तो सेवा न्युरोडको विशालबजार शाखामा सञ्चालन गरिएकोमा अन्य शाखाहरूमा पनि विस्तार गर्दै जाने बैंकले जनाएको छ । बैंकले दैनिकरूपमा रकम झिक्न र बचत गर्न सकिने क्यास रिसाइक्लर मेसिनबाट समेत सेवा सुचारु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?