पहिलो टी-२० मा भारत विजयी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा भारतले घरेलु टोली वेस्ट इन्डिजलाई ६८ रनले हराएको छ । यससँगै भारतले शृंखलामा १-० को अग्रता लिएको छ ।

शुक्रबार राति भारतले दिएको १९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज २० ओभरमा ८ विकेट गुमाएर १२२ रनमा समेटियो ।

वेस्ट इन्दिजका लागि शम्राह ब्रुक्सले २० रन, केमो पाउलले १९ रन, निकोलस पुरण १८ रन र केली मेयर्सले १५ रनको योगदान गरे । भारतका रविचन्द्र आश्विन, रबि बिश्नोई र अर्शदिप सिंहले समान २ विकेट लिए ।

यस अघिटस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १९० रनको योगफल तयार पार्यो ।

भारतका कप्तान रोहित चन्दले ६४ रन, दिनेश कार्तिक ४१ रन, सूर्यकुमार यादवले २४, रविचन्द्र जडेजाले १६ र ऋषव पन्तले १४ रन बनाए । वेस्ट इन्डिजका अल्जारी जोसेपले २ विकेट लिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?