बोल्ड स्टाइलका कारण कमनवेल्थ गेम्समा क्यानडाकी महिला खेलाडीको चर्चा

Read Time = 1 min

लन्डन । कमनवेल्थ गेम्स २०२२ मा क्यानडाकी एक महिला खेलाडी एलिशा न्यूम्यान चर्चामा हुनुहुन्छ । यसको कारण उहाँको बोल्ड स्टाइल हो । यी खेलाडीले इन्टरनेटमा आफ्ना बोल्ड तस्बिरहरू शेयर गर्ने गर्नुहुन्छ । बोल्ड तस्बिरका कारण उहाँ सामाजिक सञ्जालमा चर्चामा आउने गर्नुहुन्छ । उहाँले पोल भल्ट इभेन्टमा भाग लिनुभएको छ । यसबाहेक उहाँले १०० मिटर हर्डल्समा पनि भाग लिनुहुनेछ ।

अलिशालाई कमनवेल्थ गेम्सको सबैभन्दा चर्चित एथलिट भनिन्छ । २०२१ मा उहाँको नाम म्याक्सिमको १०० सुन्दर महिलाहरूको सूचीमा समावेश गरिएको थियो ।

‘२०१८ गोल्ड कोस्ट कमनवेल्थ गेम्स’ मा अलिशाले पोल भल्ट इभेन्टमा स्वर्णपदक जित्नुभएको थियो । यस्तो अवस्थामा उहाँलाई यस वर्ष पनि यस इभेन्टका लागि पदककी दावेदार मानिएको छ । जुलाई २८ बाट सुरु भएका यी खेलहरू अगस्ट ८ सम्म चल्नेछन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?