प्रजातन्त्र सेनानी बादेको ९७ बर्षको उमेरमा निधन

हिमालय टाइम्स
Read Time = 1 min

काभ्रे । प्रजातन्त्र सेनानी गोपालदास बादेको ९७ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान ३ बजे उहाँको बनेपास्थित निवासमा नै निधन भएको हो ।

नेपाली कांग्रेसका पुर्व उपसभापति प्रकाशमान सिंहले बादेको निधनमा शोकसन्तप्त परिवारजन प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ ।

भारतीय नेता महात्मा गान्धीसहित नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायत नेताको सानिध्यमा बस्नुभएका बादेका २ छोरा र २ छोरी रहेका छन् ।

सामाजिक काममा सक्रिय वादेले घर नजिकको पुराना विद्यालय आजाद माध्यमिक विद्यालय र शिक्षा सदन माविका स्थापनाका लागि जग्गासमेत दान गर्नुभएको थियो । उहाँकै परिवारको सहयोगमा बनेपामा अस्पतालसमेत स्थापना गरिएको थियो ।

बादेको निवास कोइराला र भट्टराईको आश्रयस्थलसमेत रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?