उपत्यकामा लागुऔषध कारोबारीको जालो फैलँदै

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । अवैध लागुऔषधमा संलग्न हुने र पक्राउ पर्नेको संख्या बढ्दै गएको छ । प्रहरीले उपत्यकाको ललितपुर, भक्तपुर र काठमाडौंका विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न रहेका २२ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले २०७९ असार ३२ देखि साउन १८ गते बुधबारसम्म १९ दिनमा चार महिलासहित १८ पुरुषलाई पक्राउ गरी सार्वजनिक गरेको हो । बुधबार पत्रकार सम्मेलनमा बोल्दै ब्युरोका प्र्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले कुल पक्राउ परेका २२ जनाबाट अवैध लागुऔषध खैरो हेराइन ४५९ ग्राम, लागुऔषध डायलेक्स डिसी ११८० बोतल (१०० एमएल), लागुऔषध नाइट्राभेट ट्याब्लेट १२६० थान, प्रोक्सिभन क्याप्सुल १५० थान फेला परेको जानकारी दिनुभयो । यी सबै अवैध लागुऔषधको कुल बजारमूल्य ५८ लाख १० हजार आठ सय रुपैयाँ रहेको छ ।

खनालले विशेष निगरानी र विशेष सूचनाको आधारमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अवैध रूपमा लागुऔषध खैरो हेरोइन, त्यस्तै नियन्त्रित लागुऔषध डायलेक्स डिसी, नाइट्राभेट ट्याब्लेट र खैरो हेरोइन कारोबार गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको बताउनुभयो । अहिले कारोबारीमाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप भएर लागुऔषध ऐन २०३३ अनुसार कानुनी कारबाही भइरहेको छ । पक्राउ पर्नेहरू धेरैजसो २२ देखि ४५ वर्ष उमेर समूहका युवा छन् ।

प्रहरीले यही साउन ८ गते ताप्लेजुङ मेरिङदेन घर भई ललितपुर इमाडोल बस्ने ३३ वर्षीय तुलसा खड्कालाई पक्राउ गर्‍यो । उनको साथबाट नाइट्राभेट ट्याब्लेट एक हजार २६० थान, प्रोक्सिभन क्याप्सुल १५० थान, ‘डायलेक्स डिसी’ ६ बोतल र कोडिन जस्तो देखिने रातो रङको तरल पदार्थ तीन सय मिलिलिटर बरामद भयो । खड्कालाई लागुऔषध उपलब्ध गराउने सर्लाही हरिवन घर भई गोकर्णेश्वर बेँसीगाउँ बस्ने ३५ वर्षीय बुद्ध बम्जन र खड्कालाई लागुऔषध कारोबारमा सहयोग गर्ने सुनसरी बराह घर भई इमाडोल बस्ने २७ वर्षको युवराज खड्कालाई पनि प्रहरी पक्राउ गरेको छ ।

प्रहरीले लागुऔषधसहित पक्राउ परेकाको अनुसन्धानबाट सोही अवैध कारोबारमा सहयोग गर्ने र लागुऔषध उपलब्ध गराउनेसम्मलाई पक्राउ गरेको हो । त्यस्तै, लागुऔषध नियन्त्रण ब्युरोले यही साउन १३ गते ३८४ ग्राम हेरोइनसहित रामेछाप नगरपालिका-९ घर भई गोकर्णेश्वर बस्ने ४० वर्षीय जुनमाई मोक्तानलाई पक्राउ गरेको थियो । त्यस्तै, साउन १४ गते काठमाडौं महानगरपालिका वडा.न.३ बस्ने वर्ष ४३ का अनुज शाही, इलामका वर्ष ३२ का दीपेश विश्वकर्मा र जिल्ला पाँचथरका ३० वर्षीय काजिमान गुरुङलाई टोखा नगरपालिका ६ धापासीबाट अवैध लागुऔषध खैरो हेरोइन सात ग्रामसहित पक्राउ गरेको जनाएको छ ।

त्यस्तै, प्रहरीले असार ३२ गते ताप्लेजुङका २७ वर्षीय राजकुमार तामाङ, ताप्लेजुङकै ३५ वर्षीया सुशीला तामाङलाई पक्राउ गरेको थियो । सुशीला तामाङलाई लागुऔषध उपलब्ध गराउने झापाका २० वर्षीया सञ्चमाया तामाङ, सोही झापाकै ३१ वर्षका मनिराज लिम्बूलाई साउन १ गते भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको जनाएको छ । त्यस्तै, साउन १२ गते बझाङका २० वर्षे उपेन्द्र जाग्री, झापाका ३३ वर्षीय प्रेमहाङ सोलिङ, झापाकै ३७ वर्षीय योगेश लिङ्देन, झापाकै २७ वर्षीय विदुर आङ्बोलाई १४ ग्राम अवैध लागुऔषध खैरो हेरोइन १४ ग्रामसहित पक्राउ गरेको हो ।

ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकास खनालका अनुसार पक्राउ परेकाहरूको साथबाट ४५९ ग्राम हेरोइन, ‘डायलेक्स डिसी’ एक हजार १८० बोतल, नाइट्राभेट ट्याब्लेट एक हजार २६० थान र प्रोक्सिभन क्याप्सुल १५० थान बरामद गरिएको छ । बरामद गरिएको लागुऔषधको कुल बजार मूल्य ५८ लाख १० हजार ८०० रहेको जानकारी प्रहरीले दिएको छ । यसअघि साउन १ गते चार किलो अवैध लागुऔषध हेरोइनसहित अफ्रिकी नागरिक ज्याक एन्टोन एन्गेलब्रेच र भारतका ३२ वर्षीया ज्योथाङीलाई प्रहरीले तिलगंगाबाट पक्राउ गरेको थियो । बुधबार पनि प्रहरी टोलीले सर्लाहीबाट दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?