नाडा एक्स्पोको स्टल लक्की ड्रमार्फत्

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्टल निर्धारणका लागि लक्की ड्र गरेको छ । नाडा अटो एक्स्पोमा सहभागी हुने सबै फर्म/कम्पनीलाई समान अवसर प्राप्तिको उद्देश्यले लक्की ड्रमार्फत् स्टलको वितरण गर्दै आएको छ । स्टल बुकिङका लागि नाडाले यसअघि नै सूचना गरिसकेको थियो । यसपटकको नाडा अटो एक्स्पो २०२३ मा विगतभन्दा उत्साहजनक रूपमा अटोमोाइल कम्पनी सहभागी हुने आयोजकले जनाएको छ ।

नाडाका अनुसार एक्स्पोमा विद्युतीय सवारीसाधनलगायत चार वर्षपछि हालसम्मका नयाँ मोडल अवलोकन गर्न पाइने छ । खासगरी एक्स्पोमा विभिन्न ब्राण्ड र मोडलका सवारीसाधन, टायर ट्युब, लुबिकेण्ट्स, स्पेयर पार्ट्स, एसेसरिज, अटो कम्पोनेण्ट्स एवं ग्यारेज उपकरणलगायत कुल ८२ स्टल रहने छन् । जसमध्ये चारपांग्रे सवारीसाधन १७, दुईपांगे्र २३, कमर्सियल सवारीसाधन छ, बंैक तथा वित्तीय निकाय पाँच, स्पेयर पार्ट्स, टायर लुब्रिकेण्टस, कम्पोनेण्ट र एसेसरिज ३१ रहने छन् ।

१५औँ संस्करणको नाडा अटो एक्स्पो भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडांै भृकुटीमण्डपमा हुँदैछ । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड मेनेजमेण्ट सर्भिस प्रालिले गर्दैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?