इजरायलद्वारा गाजाको शरणार्थी शिविरमा आक्रमण, पूर्वमन्त्रीको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

गाजा – इजरायली सेनाको आक्रमणमा प्यालेस्टाइनका एक पुर्व मन्त्रीको मृत्यु भएको छ । प्यालेस्टाइनी अथोरिटीका पूर्व मन्त्री युसेफ सलामा आइतबार गाजा पट्टीमा रहेको उनको घरमा इजरायली हमलामा मारिएका हुन् ।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार प्यालेस्टिनी प्राधिकरणका ६८ वर्षीय पूर्व धार्मिक मामिला मन्त्री युसेफ सलामा गाजा पट्टीको अल मगाजी शरणार्थी शिविरमा भएको आक्रमणमा मारिएका हुन् ।

प्यालेस्टाइनी न्युज एजेन्सी वाफाका अनुसार प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमुद अब्बासको पार्टी फताहको नजिकका नेता हुन् । पुर्व मन्त्री सलमाले फेब्रुअरी २००५ देखि मार्च २००६ सम्म मन्त्रीको रूपमा काम गरेका थिए । उनी जेरुसेलमको पुरानो शहरको अल–अक्सा मस्जिदमा प्रचारकको रूपमा पनि सेवा गरेका ब्यत्ति हुन् ।

प्यालेस्टिनी लडाकूहरूले अक्टोबर ७ मा दक्षिणी इजरायलमा अभूतपूर्व आक्रमण गरेपछि इजरायलले गाजा पट्टीमा हमासविरुद्ध अथक सैन्य अभियान सुरु गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?