पहिरोले पोल ढल्दा बेँसीशहर–चामे सडक अवरुद्ध

Read Time = 1 min

लमजुङ । पहिरोले बिजुलीको पोल ढल्दा बेँसीशहर-चामे सडक अवरुद्ध भएको छ ।

मर्स्याङ्दी गाउँपालिका-४ रामबजारमा बिहीवार बिहान सवा ११ बजेदेखि सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे सडक योजनाका कार्यालयका प्रमुख अच्युतविलास पन्तले बताउनु भयो ।

सडक माथिबाट पहिरो खसेको र पहिरोले सडकमा रहेको बिजुलीको पोल ढलेकाले सडक अवरुद्ध भएको हो ।

सडक अबरुद्ध हुँदा बेसिशहरबाट मनाङतर्फ जाँदै गरेका सवारी बेसिशहरतर्फ र मनाङबाट बेसिशहर आउँदै गरेका सवारीसाधन मनाङतर्फ नै रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?