रञ्जित गजमेरलाई नक्षत्रको सम्मान

Read Time = 2 mins

काठमाडौं । नेपाली गीतसंगीतमा पुर्‍याएको योगदानको कदरस्वरूप नेपाली गीतसंगीतका मूर्धन्य साधक रञ्जित गजमेरलाई सम्मान गरिएको छ । अमेरिकामा बसोवास गरिरहेका नेपालीहरूको सक्रियतामा सञ्चालित नक्षत्र फाउण्डेशनले बुधबार काठमाडौंको पाँचतारे होटल र्‍याडिशनमा आयोजना गरेको एक सांगीतिक कार्यक्रमबीच नगद १ लाख राशीसहित संगीतकार गजमेरलाई सम्मान पत्र प्रदान गरेको हो ।

सोही अवसरमा मेनुका फाउण्डेशनले पनि नगद ५० हजारसहित गजमेरलाई सम्मान गरेको थियो । नक्षत्र फाउण्डेशनका सिइओ अर्जुन सुवेदीले हामी जहाँ छौं त्यहाँ नेपाली गीतसंगीत हुनुको एक प्रमुख कारण रञ्जित गजमेर हुनुहुन्छ भन्दै युगपुरुषलाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ कवि नवराज लम्सालले गजमेरको योगदान बारे बोल्नुभएको थियो । गजमेर नेपाल, दार्जीलिङ र मुम्बईको संगीतको त्रिवेणी रहेको लम्सालको भनाइ थियो । सम्मान कार्यक्रममा गजमेरका ‘गुँरास फुल्यो वनैभरि’, ‘मिर्मिरे साँझ सिमसिमे पानी’, ‘तिम्रो मनमा लुकेका कुरा’, ‘यो दुई थोपा आँशु’लगायत चर्चित गीतहरू गाइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?