रोजगार तालिमका लागि हुलासको सहकार्य

Read Time = 1 min

काठमाडौं । नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, नेपाल उद्योग परिसंघ (सिएनआई) र हुलास स्टिलबीच त्रिपक्षीय सम्झौता भएको छ । केन्द्रले कार्यस्थलमा १८ वर्ष नाघेका नेपालीलाई रोजगारीमूलक तालिम दिने प्रतिबद्धतासहित त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौतापत्रमा केन्द्रका उप-सचिव ऋषिराम पंगेनी, सिएनआईका महानिर्देशक दिपकराज जोशी र हुलास स्टिलका ब्रान्ड एण्ड कर्पोरेट कम्युनिकेसन म्यानेजर रवि केसीले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार तीन महिनाको तालिमपछि हुलास स्टिलले दुई वर्षका लागि रोजगारमूलक प्रशिक्षण कार्यक्रममा छनोटमा परेका नीतिनियमअनुसार रोजगारी अवसर प्रदान गर्नेछ ।

प्रशिक्षण तालिम अवधिको न्यूनतम खर्च भने सरकारले बेहोर्नेछ । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालन कार्यविधि-२०७९ अनुसार सम्झौता गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?