हुम्लामा आठ महिनापछि एक जनामा कोरोना संक्रमण पुष्टि

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 1 min

हुम्ला । कोरोना संक्रमण मुक्त भएको हिमाली जिल्ला हुमलामा झण्डै आठ महिना पछि एक जनामा संक्रमण देखिएको छ ।

लामो समयदेखि कोरोना संक्रमित शून्य भएको जिल्लामा सोमबार एकजना पुरुषमा पोजेटिभ देखिएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।

सिमकोट गाउँपालिका वडा नम्बर ५ का ५० वर्षिय एक जना पुरुष जिल्ला अस्पताल हुम्लामा उपचारका आउँदा उनीमा आशंका लागेर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पताल हुम्लाका भक्ति फडेराले बताउनुभयो ।

कोरोनाको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका विरामीमा परिक्षण गर्दा पोजेटिभ देखिएको फडेराले बताउनुभयो । संक्रमित विरामीलाई अहिले आइशोलेसनमा राखिएकोे छ । यस भन्दा अघि पौष महिनामा जिल्ला अस्पताल हुम्लाकै स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?