रुसी पर्यटकमाथि प्रतिबन्ध लगाउन जेलेन्स्कीको माग

हिमालय टाइम्स
Read Time = 1 min

युक्रेन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी मुलुकहरूलाई रुसी पर्यटकहरूमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् ।

जेलेन्स्कीको यस्तो कदमको क्रेमलिनले अभद्र तरिकाले आलोचना गरेको छ ।

जेलेन्स्कीले अमेरिकी अखबार दि वासिङ टन पोस्टलाई भनेका छन्, ‘रुसीहरूले आफ्नो दर्शन परिवर्तन नगरेसम्म उनीहरूलाई आफ्नै संसारमा बाँच्न दिनुपर्दछ । हाल रुसमाथि लगाइएका प्रतिबन्ध भन्दा यस्तो प्रतिबन्ध बढी प्रभावकारी हुन्छ ।’

यो प्रतिबन्ध रुसी एयरलायन्सहरू र क्रेमलिनसँग आबद्ध अधिकारीप्रति लक्षित गरिएको हो । रुसीहरूलाई अझैसम्म युरोपेली संघ र अमेरिकी भिसा प्राप्त भइरहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?