कोटेश्वरमा घरको छतबाट खसेर एक जनाको मृत्यु

Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर सहयोगीनगरस्थित आफ्नै घरको दुई तला माथिबाट चिप्लिएर भुइँमा लड्दा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ५६ वर्षीय चित्र बहादुर तामाङ रहेका छन् ।

बिहीबार बिहान चिप्लिएर भुइँमा लडी गम्भीर घाइते भएका उनको सिभिल अस्पताल नयाँबानेश्वरमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?