रुस्दीलाई भेन्टिलेटरबाट बाहिर निकालियो, बोल्न सक्ने अवस्थामा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

न्युयोर्क । शुक्रबार न्युयोर्क राज्यमा छुरा प्रहारमा परेका प्रख्यात लेखक सलमान रुस्दीलाइ भेन्टिलेटरबाट बाहिर निकालिएको जनाइएको छ ।

उनलाई भेन्टिलेटरबाट बाहिर निकालिएको रुस्दीका एजेन्ट एन्ड्रयू वाइलीले पुष्टि गरे । त्यस्तै उनी बोल्न सक्ने अवस्थामा रहेको पनि अमेरिकी सञ्चार माध्यम वासिंगटन पोस्टले जनाएको छ । उनको स्वास्थ्यबारे थप विवरण भने दिइएको छैन् ।

यसअघि भारतीय मूलका बेलायती लेखक रुस्दीलाई छुरा प्रहार गरेको आशंकामा पक्राउ परेका हाडी मटरले न्युयोर्कको एक अदालतमा आफू दोषी नभएको दाबी गरेका थिए ।

ज्यान मार्ने प्रयास र कुटपिट गरेको अभियोगमा मटरलाइ शुक्रबार अदालतमा उपस्थित गराइएको थियो । उनलाई चौटौका काउन्टी कारागारमा थुनामा राखिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?