फोहोर बोक्ने गाडी तोडफोड आरोपमा सत्तारुढ दलका स्थानीय नेताविरुद्ध उजुरी

Read Time = 2 mins

नुवाकोट । बन्चरेडाँडामा फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी परेको छ ।

वक्तव्य निकाल्ने ३ सहित ६ जना स्थानीय नेताविरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी परेको छ ।

धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक रमेश पाण्डेका अनुसार तोडफोड भएका भनिएका गाडी धनीले उजुरी दर्ता गराएका छन् ।

‘६ जनाविरुद्ध प्रहरी कार्यालयमा उजुरी परेको छ, उजुरी पछि प्रहरीले अनुसन्धान अघि बढाएको छ, पाण्डेले भन्नुभयो ।

गत सोमबार राति बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरू सोमबार राति तोडफोड भएको थियो । धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपर सोमबार राति तोडफोड भएको काठमाडौं महानगरपालिकाले जनाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?