अब कुनै बहाना चल्नेवाला छैन, राष्ट्रपतिले जस्ताको त्यस्तै विधेयक प्रमाणीकरण गर्नैपर्छ : उपेन्द्र यादव

Read Time = 2 mins

जनकपुरधाम । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अव कुनै पनि वाहानामा राष्ट्रपतिले विधेयक फिर्ता पठाउन नसक्ने जिकिर गर्नुभएको छ ।

जनकपुरधाममा जसपा नेपालको युवा संगठन समाजवादी युवा संघ नेपालद्वारा आयोजित राष्ट्रिय युवा भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले जस्ताको त्यस्तै पठाइने सो विधयेक अव राष्ट्रपतिले प्रमाणीकरण गर्दिन भन्न कुनै पनि वहानामा भन्न नपाउने समेत बताउनु भयो ।

नागरिकलाई नागरिकता विहिन गर्नु राष्ट्रियता विहिन गर्नु र राष्ट्रियता विहिन गर्नु राज्य विहिन गर्नु रहेको भन्दै राज्य विहिन बनाउनु भनेको अन्तराष्ट्रिय कानुन बमोजिम मानवता विरोधी अपराध रहेको भन्दै उहाँले राष्ट्रपतिलाई चेतावनी दिनुभयो । कार्यक्रममा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, नेतृ शुशीला श्रेष्ठ, नेता लालकिशोर साह सहितले मन्तब्य राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?