हराएको अठतीस वर्षपछि मृत भेटिए भारतीय सैनिक

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

नयाँदिल्ली । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५औं वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाइले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्वीर ट्वीट गरेको छ ।

सेनाले भन्यो कि शेखरलाई सन् १९८४ मा अपरेशन लागि तैनाथ गरिएको थियो । भारत र पाकिस्तानले सियाचेन ग्लेशियरमा नियन्त्रण कायम गर्नका लागि छोटो युद्ध लडेका थिए । यो विश्वको सबैभन्दा अग्लो रणभूमिको रूपमा प्रतिष्ठित थियो ।

लद्दाखको हिमाली क्षेत्रमा अवस्थित यस क्षेत्रमा लामो समयदेखि आणविक हतियार भएका छिमेकीहरूबीच प्रतिस्पर्धा हुँदै आएको छ । स्थानीय सञ्चारमाध्यमले शेखर २० सदस्यीय समूहको सदस्य रहेको बताएको छ । गस्तीको क्रममा हिउँको आँधीमा फसेको जनाइएको छ । उनको अन्तिम संस्कार अब उनको परिवार बस्ने उत्तरखण्ड राज्यमा पूर्ण सेना सम्मानका साथ हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?