धरानमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-८ मा हिजो साँझ जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

इटहरीबाट धरानतर्फ आउँदै गरेको को २ च १६ ६७ नम्बरको जिप र बिपरित दिशाबाट जाँदै गरेको प्रदेश १-०२-०४८ प ४८३१ नम्बरको मोटरसाइकल हिजो साँझ सवा ५ बजे ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार इटहरी उपमहानगरपालिका-११ का ३१ वर्षीय सुरज दाहालको धरान घोपामा उपचारका क्रममा मृत्यु भएको हो ।

सामान्य घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप सहित चालकलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?