संघीयता खारेजको होइन, सुधारको माग गरेका हौं : रवि लामिछाने

फाइल तस्बिर

Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी संघीयता खारेजीको पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ ।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको ‘उम्मेदवार आह्वान’ कार्यक्रममा उहाँले प्रदेशका संरचनाबारे धेरै अस्पष्टता भएकाले सुधारको माग गरेको बताउनु भयो ।

‘हामीले प्रदेश सभा निर्वाचनमा भाग लिन्नौं भनेपछि धेरैले हामीलाई संघीयताविरुद्ध लाग्यो, प्रदेश खारेज गर्न खोज्यो भनेर प्रचार गरियो तर त्यस्तो होइन,’ उहाँले भन्नुभयो, ‘स्थानीय तहले धेरै राम्रो काम गरेका छन् । यद्यपि केही समस्या पनि देखिएका छन् । तर, प्रदेशका धेरै संरचना देशका लागि बोझ भएको हामीले सुझाव पायौं । त्यही भएर हामीले प्रदेश निर्वाचनमा सहभागी नहुने निर्णय गरेका हौं ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?