पुस्तक : ‘विलयन लेखन’ नेपाली साहित्यको अर्को प्रयोग

हिमालय टाइम्स
Read Time = 6 mins

✍️ सुशीला घिमिरे

नेपाली साहित्यमा बेला-बेलामा केही नयाँ प्रयोग हुने गर्छन् । यस्ता अनेक प्रयोगहरू भई पनि सकेका छन् । यस्ता केही प्रयोगहरू कार्यगत रूपमा र केही प्रययोगहरू लेखकीय रूपमा भएका छन् । पछिल्लो चरणमा भएको यस्तै एउटा लेखकीय प्रयोगका रूपमा आएको छ ‘विलयन लेखन’ । साझा प्रकाशन पुलचोकबाट प्रकाशित यस पुस्तकको यो पहिलो संस्करण हो र यो २०७८ सालमा प्रकाशित भएको छ । पहिलो पटक ११०० प्रति छापिएको यस पुस्तकमा भूमिका खण्डमा १० र पाठ्य खण्डमा २७० समेत गरी जम्मा २८० पृष्ठ रहेका छन् र यसको मूल्य ४६० रुपैयाँ रहेको छ ।

आकर्षक छपाइसहितको आकर्षक यो पुस्तक डिएमआई साइजमा छ भने पुस्तकमा सेतो तौलयुक्त कागजको प्रयोग भएको छ । आवरण अमूर्त खालको छ । यो पुस्तकको शीर्षकसँग समन्वय गर्नका लागि नै बनाइएको हो कि भन्ने लाग्छ । आवरण देवेन्द्र थुम्केलीले तयार पार्नुभएको छ । साझा प्रकाशनको छापाखाना पुलचोक, ललितपुरमा मुद्रण भएको यस पुस्तकको पृष्ठ आवरणमा राष्ट्रकवि माधवप्रसाद घिमिरे तथा डा.मोदनाथ प्रश्रितका विचारहरू समेटिएका छन् । उहाँहरूले विलय लेखनका प्रवर्तकहरूलाई शुभकामना दिनुभएको छ । यस पृष्ठको तल साझा प्रकाशनको लोगो र मुद्रकको नाम ठेगाना उल्लेख गरिएको छ ।

यस पुस्तकको भाव र विषय अमूर्त किसिमको छ । विलय लेखन भनेको के हो भन्ने बारेमा केही बेर घोत्लिनै पर्ने हुन्छ, तथापि यो यस पुस्तकको सम्पादनको जिम्मा लिने सुप्रसिद्ध साहित्यकार त्रयले प्रवर्तन गर्नु भएको एउटा नवीनतम् सिद्धान्त हो ।

यस पुस्तकको भाव र विषय पनि एक प्रकारले भन्ने हो भने अमूर्त किसिमकै छ । विलय लेखन भनेको के हो भन्ने बारेमा केही बेर घोत्लिनै पर्ने हुन्छ तथापि यो यस पुस्तकको सम्पादनको जिम्मा लिने सुप्रसिद्ध साहित्यकार त्रय कृसु क्षेत्री, मजोज न्यौपाने र चेतनाथ धमलाले प्रवर्तन गर्नु भएको एउटा नवीनतम् सिद्धान्त हो । यसको संयोजन तथा सम्पादनको भूमिका उहाँहरूले नै लिनुभएको कारण पनि यही नै हुनसक्छ ।

पुस्तकको भूमिका खण्डमा साझा प्रकाशनको प्रकाशकीय र सम्पादक त्रयको तर्फबाट सम्पादकीय रहेको छ । यसबाट जनकारी पाएअनुसार यस कृतिभित्र ‘रगतको दरबार’ र ‘आगोको मुच्र्छना’ शीर्षकका पुस्तकहरूलाई केन्द्रमा राखेर विभिन्न विद्वानबाट लेखिएका विचारप्रधान लेखहरूको संकलन तथा संयोजन गरी सम्पादन गर्ने काम सम्पादकहरूबाट भएको छ । विलयनको अवधारणा उहाँहरूबाट २०६१ सालमा आएको रहेछ जसलाई फुलाउँदै-फलाउँदै लगेर हाल उहाँहरूले यस रूपमा कृति तयार पार्नुभएको हो भन्ने थाहा हुन्छ ।

यस कृतिमा दुईवटा अङ्ग्रेजीका र ३८ वटा नेपालीका समेत गरी जम्मा ४० वटा लेखहरू समेटिएका छन् । जसमा प्रा.डा.अभि सुवेदी, अमरकुमार प्रधान/सुश्री इन्दु प्रधान, स्वामी आनन्द अरुण, इद्रिस सायल, इन्द्रबहादुर राई, प्रा.डा. कुमारप्रसाद कोइराला, कृष्ण धरावासी, कृष्ण प्रधान, कृष्णचन्द्रसिंह प्रधान, डा.कृष्णप्रसाद भट्टराई, कृष्ण बराल, प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेल रहनुभएको छ । यसैगरी अन्य लेखकहरूमा खिमानन्द पोखरेल, प्रा.डा.गोविन्दप्रसाद भट्टराई, प्रा.डा.जयराज पन्त, डा.तारालाल श्रेष्ठ, दधिराज सुवेदी, डा.दुबसु क्षेत्री, डा.धु्रवचन्द्र गौतम, प्रदीप नेपाल, प्रभाती किरण, मोदनाथ प्रश्रित, प्रा.डा.रमेशप्रसाद भट्टराई, प्रा.रामकुमार पाँडे, डा.रामदयाल राकेश, डा.रामप्रसाद ज्ञवाली हुनुहुन्छ ।

यसैगरी बाँकी लेखकहरूमा रोशन थापा ‘नीरव’ लक्ष्मण न्यौपाने, प्रा.डा.लक्ष्मणप्रसाद गौतम, लीला लुइँटेल, डा.विजय सुब्बा, विष्णुकुमार भट्टराई, श्रीबाबु कार्की ‘उदास’, डा.सुकुम शर्मा, सुरेश हाचेकाली, ज्ञानु अधिकारी, डा.ज्ञानु पाण्डे र कृसु क्षेत्री तथा मनोज न्यौपाने रहनुभएको छ । पुस्तकमा पो.डा.अरुण गुप्तो तथा प्रो.डा.सञ्जीव उप्रेतीका अङ्ग्रेजी लेखहरू समावेश भएका छन् । बौद्धिक पाठकहरूलाई लक्षित गरी प्रकाशित भएको यस पुस्तकको प्रकाशनका लागि सम्पादकहरूलाई बधाई तथा कृतिको सफलताको कामना । सम्पादक त्रयको विचार तथा भावनाबमोजिम यस विलयन सिद्धान्तले विकसित बन्ने मौका पाओस् उहाँहरूलाई हार्दिक शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?