गिरीको निधन प्रति एमाले अध्यक्ष ओलीद्धारा दुःख ब्यक्त

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनमा दुःख ब्यक्त गर्नुभएको छ ।

शनिवार राति उपचारको क्रममा निधन हुनुभएका गिरी प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै अध्यक्ष ओलीले परिवारजन प्रति समवेदन प्रकट गर्नुभएको हो ।

‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु’ आइतवार बिहान ट्वीट गर्दै अध्यक्ष ओलीले भन्नुभएको छ, उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?