ग्याब्रियलको ‘कस्टमर मिट’

Read Time = 2 mins

काठमाडौं । ग्याब्रियल इन्डियाको नेपालका लागि आधिकारिक बिक्रेता एसडिआइ अटोमोबाइल्स प्रालिले ‘कस्टमर मिट’ सम्पन्न गरेको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा देशभरका रिटेल व्यवसायीको सहभागिता रहेको थियो ।

सो अवसरमा ग्याब्रियल इन्डियाका प्रमुख कार्यकारी अधिकृत अमिताभ श्रीवास्तवले नेपाली बजारमा हाल उपलब्ध ग्याब्रियलका उत्पादनको बिक्री आगामी दुई वर्षपछि तेब्बर बनाउने लक्ष्य रहेको बताउनुभएको छ ।

ग्याब्रियल इन्डियाका जनरल म्यानेजर एसके रमनले नेपालमा ग्याब्रियलका स्पेयर पार्ट्सको आगामी दिनमा अझै प्रयोग बढाउन कम्पनीले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एसडिआइ अटोमोबाइल्सका अध्यक्ष दीपेन्द्र मिश्र र डाइरेक्टर सञ्जीव हमालले सबै रिटेलरलाई स्वागत गर्दै आगामी दिनमा एकअर्कामा सहयोग कायमै रहने विश्वास व्यक्त गर्नुभयो । नेपाली बजारमा ग्याब्रियलका सक एब्जर्बर, फ्रन्ट फोक्र्स, इनर ट्युब, फ्रन्ट फोक्र्स आयल, आयल सिल, एफएफ स्प्रिङ, बुस्किट, ओसी स्प्रिङ, हिृवल रिम, ब्रेक फ्लुइड आदि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?