झापा । कानुनमन्त्री पदम गिरीले मुलुकको सहकारी अभियानलाई ध्वस्त पार्ने रहस्यपूर्ण षड्यन्त्रमा सक्रिय रहेको बताउनु भएकाे छ ।
अतिवादी सोच भएका केही व्यक्ति र स्वार्थ समूह मुलुकको सहकारी अभियानलाई ध्वस्त पर्ने रहस्यपूर्ण षड्यन्त्रमा सक्रिय रहेको उहाँले जिकिर भयाे ।
झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले सहकारीको ऋण तिर्नु पर्दैन भनेर आन्दोलन गरिरहेको र बहालवाला गृहमन्त्री रवि लामिछानेले सहकारीको करोडौं रुपैयाँ अपचलन गरेको आवाज उठिरहेका कानुनमन्त्री गिरीले यस्तो सार्वजनिक अभिव्यक्ति दिनु भएको हो ।
६७औँ राष्ट्रिय सहकारी दिवसमा मंगलबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहकारीको विकास र संरक्षणमा सरकारको दर्बिलो साथ रहेको स्पष्ट समेत पार्नुभयो । मन्त्री गिरीले देशभरका सहकारीकर्मीलाई नडराउन र हडबड नगर्न डाडस दिन समेत भ्याउनुभयो ।
'तीन खम्बे अर्थनीति अन्तरगत सहकारी संविधानले अङ्गिकार गरेको क्षेत्र हो' उहाँले भन्नुभयो, 'तपाईंहरु डराउनु पर्दैन, सरकार साथमा छ ।' उहाँले 'सहकारीबाट लिएको ऋण तिर्नु पर्दैन भन्नू' देशको अर्थतन्त्रलाई भड्खालोमा हाल्ने र घुँडा टेकाउने खराब नियत भएको दाबी समेत गर्नुभयो ।
'सहकारी अभियान सरकार, साहुमाहजन, ठूलाबडा र धनीमानीले किस्तीमा दिएको उपहार होइन' उहाँले भन्नुभयो,'यो निम्न आय र वर्गका नागरिकको मेहनतले स्थापित अभियान हो, एकदुई जनाको षड्यन्त्रले कमजोर हुने र भत्कने क्षेत्र नै होइन ।' उहाँले सहकारी क्षेत्रमा देखिएका बेथिति र कमीकमजोरी सच्याउने संकल्प गरेर अघि बढ्न सहकारीकर्मीलाई निर्देशन समेत दिनुभयो ।
'सरकारले राम्ररी बुझेको छ , मुलुकको समृद्धि र समुचित विकासका लागि सहकारी अनिवार्य र अपरिहार्य छ' उहाँले भन्नुभयो,'देशको अर्थतन्त्र सहकारीले परिवर्तन गर्छ, त्यसमा सरकार विश्वस्त छ ।' बेलाबेलामा संगठित रूपमा नै सहकारीमाथि आक्रमण हुने गरेको मन्त्री गिरीले स्मरण गर्नुभयो।
देशका १० मध्ये झापामा रहेका तीन ठूला सहकारी साहारा, एनएमसी र कर्णालीलाई संस्थागत रुपमा तथा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष मिनराज कडेललाई सम्मान समेत गरिएकाे थियाे ।
विभिन्न जातीय भेषभुषा र झाँक्रीसहित हजारौँ सहकारीकर्मी सहभागी कार्यक्रममा नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरी, नेकपा माओवादी केन्द्रका संयोजक अध्यक्ष राजु आचार्य, जिल्ला सहकारी संघका झापा अध्यक्ष गणेश ढकाल लगायत पदाधिकारीले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
झापामा ७५६ वटा सहकारी छन् । जसमध्ये ४२३ वटा पालिका र ३३३ वटा सहकारी प्रदेश रजिस्ट्रार कार्यालय अन्तर्गत रहेका छन् ।
झापाका सहकारीको शेयर पुँजी १० अर्ब २२ करोड ७८ लाख ३२ हजार ४६० रुपैयाँ छ ।
झापाका सहकारीको बचत ५२ अर्ब १७ करोड ५४ लाख ३१ हजार ८६ रुपैयाँ, विभिन्न कोषमा ६ अर्ब ५ करोड ४५ लाख ७३० रुपैयाँ रहेको छ ।
झापामा सञ्चालित सहकारीले ६५ अर्ब ५७ करोड ५४ लाख २१ हजार १४० रुपैयाँ ऋण लगानी गरेका छन् । वासलत ८२ अर्ब ७९ करोड ९६ लाख ७७ हजार ७७२ रुपैयाँ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच