हुन्डाइको वृक्षारोपण अभियान

Read Time = 2 mins

काठमाडौं । विइ (भि) द चेन्ज अभियानअन्तर्गत हुन्डाइ नेपालले चुनिखेलको रातोमाटे डाँडामा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । रातोमाटे डाँडा सामुदायिक वनको समन्वयमा दुई सयभन्दा बढी बिरुवा रोपिएको कम्पनीले जनाएको छ । कार्यक्रममा इभीका विभिन्न उमेर समूहका करिब एक सय ५० जनाको सहभागिता थियो भने ४० भन्दा बढी विद्युतीय गाडी थापाथलीबाट बुढानीलकण्ठसम्म पुर्‍याइएको थियो ।

कम्पनीको उक्त अभियान हुन्डाइ मोटर कम्पनीको पर्यावरणमैत्री प्रतिबद्धतामा ऐक्यबद्धता गर्ने पहलस्वरूप ल्याइएको हो । अभियानअन्तर्गत प्रारम्भिक चरणका कार्यक्रममध्ये वृक्षारोपणले साधारण सवारीसाधनको कार्बन उत्सर्जन र तिनका प्रभाव कम गर्ने अपेक्षा गरिएको छ ।

गत वर्ष सेप्टेम्बरमा हुन्डाइ मोटर कम्पनीले सन् २०५० को ग्लोबल कार्बन न्युट्रल लक्ष्यभन्दा पाँच वर्षअगाडि सन् २०४५ सम्ममा आफ्नो उत्पादन र सञ्चालनका सबै चरणमा कार्बन न्युट्रालिटी कायम गर्ने लक्ष्य सार्वजनिक गरेको थियो । कम्पनीले कार्बन न्युट्रालिटीतर्फको यात्रामा सन् २०२५ सम्ममा २३ पर्यावरणमैत्री लाइनअप ल्याई १० लाखभन्दा बढी विद्युतीय सवारीसाधन तयार गर्ने योजना बनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?