भवन बनेको तीन वर्षमा पनि सञ्चालनमा आएन प्रसूति गृह

हिमालय टाइम्स
Read Time = 1 min

रौतहट । भवन बनेको तीन वर्ष नाघि सक्दासमेत गुजरा नगरपालिकाको प्रसूति गृह अझै सञ्चालनमा आउन सकेको छैन ।

नेपाल सरकार, गुजरा नगरपालिका र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको सहयोगमा निर्माण भएको उक्त भवन सञ्चालनमा आउन नसक्दा प्रसूति सेवा लिने स्थानीयवासी अन्यत्र जानुपर्ने बाध्यता छ ।

तीन वर्षअघि भवन निर्माणको काम सकिएको भए पनि गुजरा नगरपालिकाले प्रसूति सेवा सञ्चालनमा ल्याउन नसक्दा प्रसूति गराउन चन्द्रनिगाहपुर र वीरगञ्ज लगायत ठाउँमा जानुपर्ने बाध्यता रहेको स्थानिय गोबिन्द सापकोटाले बताउनुभयाे । उहाँका अनुसार राती प्रसूति गराउनका लागि निकै समस्या हुदैँ आएको छ ।

करिब ४१ लाखको लागतमा गुजरा नगरपालिका-२ को कटानी बजारमा उक्त भवन निमार्ण गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?