बैतडीकी गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीको दुर्गम सिगास गाउँपालिकाकी गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । सिगास गाउँपालिका-६ थलाकी २० बर्षिय बिन्दु धामीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

सुत्केरी व्यथा लागेर आईतबार थलाकाडा स्वास्थ्य चौकीमा पुगेकी धामी सुत्केरी हुन नसकेपछि सोमबार बिहान साढे ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज रेफर गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमखु योगेश प्रशाद भट्टले जानकारी दिनुभयो ।

गर्भवती महिलाको तुरुन्तै शल्यक्रिया गर्नुपर्ने अवस्था आएकाले उनलाई हेलिकप्टर मार्फत रेफर गरिएको प्रमुख भट्टले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?