लैनचौर टिम च्याम्पियन

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । लैनचौर तेक्वान्दो डोजाङ उपत्यकाव्यापी क्योरोगी तथा पुम्से तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला तेक्वान्दो सङ्घद्वारा आयोजित प्रतियोगितामा लैनचौरले ६ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो ।

कृजला श्रेष्ठ, पुनम खत्री, आकृति गुरुङ, रोहन भुजेल, पुष्प राउत र स्विकार रजकले लैनचौरलाई स्वर्ण दिलाउनुभयो । रितिका शाही, लेङडेन तामाङ र समन्ना खड्गीले रजत जित्नुभयो । सुमिना खड्गी, अनिश लामा र ऋतिक तामाङले कांस्य हात पारेको लैनचौरका प्रमुख गौरव रजकले जनाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?