आइसिएफसीको सिइओमा फेरि पन्त

Read Time = 1 min

काठमाडौं । आइसिएफसी फाइनान्समा कार्यरत प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल पन्त पुनः आगामी कार्यकालका लागि पनि सिइओमा नियुक्त हुनुभएको छ । उहाँको कार्यकाल आगामी असोज २४ गतेबाट सकिने भएकाले दोस्रो कार्यकालका लागि पनि कम्पनीको सञ्चालक समितिले पन्तलाई नै चार वर्षको कार्यकालका लागि सिइओमा पुनः नियुक्त गरेको हो ।

कम्पनीका अनुसार विगत २७ वर्षदेखि बैङ्किङ क्षेत्रमा क्रियाशील रहँदै आउनुभएका कुशल नेतृत्वकर्ता, सफल बैङ्करका रूपमा आफ्नो परिचय स्थापित गर्न सफल पन्तले कम्पनी स्थापनाकालदेखि नै विभिन्न ओहोदामा रहेर कार्य सम्पादन गर्दै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?