सत्तारुढ गठबन्धनको बैठक आज पनि विनानिष्कर्ष सकियो, भोलि फेरि बस्ने

Read Time = 3 mins

काठमाडौं । आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडबारे टुंगो लगाउन बसेको सत्तारुढ गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ ।

कार्यदल र शीर्ष नेताहरुबीच सो विषयमा टुंगो लगाउने गरी मंगलबार (आज) अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक पनि विना सहमती टुंगिएको हो ।

कार्य दलका संयोजक कृष्णप्रसाद सिटौला अनुपस्थित भएपछि केहीबेर छलफल गरेर बैठक भोलि अपरान्ह पाँच बजे बस्ने गरी सकिएको राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिनु भयो ।

उहाँले २०७४ सालको प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन, हालै सम्पन्न स्थानीय तह निर्वाचन र दलहरुले जित्ने ठाउँलाई समेत आधार बनाएर सिट बाँडफाँड गर्ने विषयमा छलफल भईरहेको र भदौं ९ गते बिहीबार भित्र त्यसलाई टुंगोमा पु¥याउने गरी गठबन्धनमा आवद्ध दलका नेताहरुबीच छलफल भइरहेको बताउनु भयो ।

नेता पुरीले भन्नु भयो, ‘आज निष्कर्षमा पुग्न सकिएन । कार्यदलको संयोजक पनि हुनु भएन आज । त्यसले गर्दाखेरी हाम्रो छलफल चाँही जारी रह्यो । आज निष्कर्षमा पुग्न सकेन । भोली फेरी बैठक बस्ने तय भएको छ । भोली पाँच बजे बैठक छ । त्यसमा छलफल भएर हामी अव टुंग्याउँछौं । नौं गते भित्र यसलाई टुंग्याउने प्रयत्न गर्छौं । हामीले त्यसलाई समग्र रुपमा छलफल गरिराखेको छौं । सिट बाँडफाँडको आधारहरुको विषयमा छलफल भईरहेको छ । गते निर्वाचनको प्रत्येक्षतर्फको एउटा आधार छ । समानुपातिकको अर्को आधार छ । स्थानीय तह निर्वाचनलाई पनि आधार बनाउने कुरा गरिराखेका छौं । विभिन्न आधारहरुको विषयमा छलफल गरिराखेका छौं । छलफल सकारात्मक रुपमा अगाडि बढिराखेको छ । भोली पनि बैठक हुन्छ ।’

सत्तारुढ दलहरुले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडका लागि काँग्रेस नेता सिटौला नेतृत्वको कार्यदल बनाएका छन । तर कार्य दलका संयोजक सिटौला विरामी भएका कारण आजको बैठकमा उपस्थित हुन सक्नु भएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?