मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी केही महिनामा मुलुकमा सशस्त्र फौजको संख्या थप्ने आदेशपत्रमा हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षर पत्रको अनुसार अब रुसी सेनामा १ लाख ३७ हजार नयाँ सैनिक भर्ति गरिने भएको छ ।
यो रुसी सेनाको अहिलेको संख्याको १० प्रतिशत जति हो । अहिले रुससँग १० लाख भन्दा केही बढी सेना र नौ लाख निजामती कर्मचारी छन् ।
मुलुकभरि ठूलो परिमाणमा नगद प्रोत्साहनसहित सैनिक भर्ति अभियान चलिरहेको बेला पुटिनको यो घोषणापत्र सार्वजनिक भएको हो ।
पश्चिमी अधिकारीहरूले छ महिना अघि रुसले युक्रेनमाथि आक्रमण गरेयता ७० देखि ८० हजार रुसी फौज मारिएको वा घाइते भएको बताउँछन् ।
रुसी सेनामा भर्ति लिनका लागि अधिकारीहरूले कारागारमा गएर कैदीहरूलाई सेनामा प्रवेश गरेको खण्डमा कैद मिनाहाका साथै पैसा पनि दिने प्रलोभन देखाइरहेको खबरहरू पनि बाहिरिएका छन् ।
दुई साताअघि बेलायती रक्षा मन्त्रालयले रुसका थुपै्र क्षेत्रमा स्वयंसेवक बटालियन खडा भइरहेको र त्यसबाट पनि नयाँ फौज तयार गरिने जनाएको थियो । एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच