तीन महिनादेखि उदिपुर पहिरोले अवरुद्ध बाटोको विकल्प खोजिएन

हिमालय टाइम्स
Read Time = 3 mins

लमजुङ । लमजुङ सदरमुकाम बेसीशहर नगरपालिका-१ उदिपुर सडकखण्डमा पहिरोले मोटर बाटो ठप्प भएको तीन महिना बितिसक्यो । तर, अझै यसको भरपर्दो विकल्पको खोजी हुन सकेको छैन । गत वर्ष नै गएको पहिरोले सडक बगाएपछि बुनाबाट अस्थायी ट्रयाक खोलेर यातायात सुचारु गरिएको थियो ।

यसवर्ष वर्खा लाग्ने बित्तिकै असार पहिलो हप्ता वर्षाले उक्त ट्रयाक समेत पूरै सडकलाई नै पहिरोले बगाएपछि त्यहाँबाट यातायात ठप्प भएको छ । अस्थायी रूपमा यातायात सञ्चालन गर्नका लागि चिप्लेटीबाट नेपाली सेनाको ब्यारेक झरेर उदिपुर जाने व्यवस्था गरियो ।

त्यहाँ पनि सोही पहिरो माथिबाट झरेको झर्‍यै हुँदा तल बाटो थुनिरहेको छ । बाटो थुनिएको धेरै समयपछि डोजरले बाटो सफा गरेर चलाउने काम हुँदै आएको छ । अहिले बेसीशहरबाट चिप्लेटीसम्म र उदिपुरबाट फेरि अर्को गाडीमा यातायात गर्नुपर्ने बाध्यता वा सास्ती भोग्नु परिरहेको छ ।

चिप्लेटीबाटै माथि धिमिरेको बाटो हुँदै उदिपुर पुग्ने सडक पनि उपयोग गर्न खोजियो त्यो पनि स्थायी हुन सकेन । यो सडक नगरपालिका भित्र भए पनि डुम्रे-बेसीशहर-चामे सडक भएकाले डिभिजन कार्यालयले हेर्ने हो । जसका लागि १९ करोड रुपैयाँ विनियोजन गरेको बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल बताउँनुहुन्छ ।

टेण्डर आह्वान हुने कहिले हो, ठेक्का पर्ने कहिले हो, र बाटो बन्ने कहिले भविष्य अनिश्चित छ । त्यो बेलासम्म लमजुङ र मनाङवासीले सास्ती भोगिरहनुको विकल्प छैन । अघिल्लो वर्ष नै बनाउनु पर्ने सडक हो, ८ करोड परेको थियो, के हेरेर बसेका थिए ? भन्दै लमजुङ उद्योग वणिज्य संघका पूर्व अध्यक्ष राजेश थापा प्रश्न गर्नुहुन्छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?