युरो र सेबलाई सफलता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक युरो स्कुल र सेबले युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा जित हात पारेको छ । हात्तीगौडास्थित घरेलु कोर्टमा युरोले बाबालाई ५७-२१ को फराकिलो अन्तरले पराजित गर्‍यो ।

युरोको जितमा सूर्यान्श खत्रीले १७ अंक योगदान गर्नुभयो । पवन पराजुलीको आठ अंक सहयोगमा सेबले ड्याफोडिललाई ३५-११ ले हरायो । ब्वाइजमै सेन्ट जेभियर्सले विल्सनलाई १७-१६, काठमाडौं वल्र्ड स्कुलले गुहेश्वरीलाई ३१-१९ तथा सेन्ट जोसेफले आलोक विद्याश्रमलाई ४२-८ ले पाखा लगाउनुभयो । सेन्ट जेभियर्सका शुभम् सैजुले १७, काठमाडौं वल्र्डका सफल थापाले २० तथा सेन्ट जोसेफका प्रसिद्ध थापाले २० स्कोर गर्नुभयो । गल्र्समा दीक्षालयले संस्कृतिमाथि २२-४ को सहज जित दर्ता ग¥यो । विजेताकी पेम्बा शेर्पाले १६ अंक जोड्नुभयो ।
यस्तै ग्रीनल्याण्ड माविको आयोजनामा भइरहेको १५औं क्विक्स/ग्रीनल्याण्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर र जुनियर ब्वाइजको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

सिनियर ब्वाइजमा आयोजक ग्रीनल्याण्डले सेन्ट जोसेफ, भ्याली पब्लिकले गोल्डेनपिक, बीएनएले इबीए तथा एचएचसीएले टीआइएविरुद्ध खेल्ने छन् । जुनियरको क्वार्टरफाइनल भ्याली पब्लिक र लालीगुराँस, एन्जल्स हार्ट र ग्रीनफिल्ड, स्किब्स र गोल्डेनपिक तथा इबीए र बीएनएबीच हुनेछ । गल्र्समा भने सेमिफाइनल समीकरण तयार भएको छ । भ्याली पब्लिकले सत्यसाइ तथा ग्रिनल्यान्ड ‘ए’ ले एचएचसीएको सामना गर्ने छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?