हुन्डाइका भाग्यशाली बज्राचार्यलाई कार

Read Time = 1 min

काठमाडौं । हुन्डाइ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाइ फेस्टिभ डेलाइट २०७८’ अफरको बम्पर विजेता घोषणा गरेको छ ।

अफरअन्तर्गत हरेक नयाँ हुन्डाइ गाडी खरिदमा ग्राहकले तीन लाखसम्मको आकर्षक नगद छुट र एक वर्षको निःशुल्क बिमा तथा सडक कर, स्क्र्याच कार्डमार्फत् थप एक लाखसम्मको नगद छुट र बम्परमा लक्की ड्रमार्फत् एकजना विजेतालाई हुन्डाइ आइ-२० जित्ने अवसर थियो ।

विजेताको घोषणा लक्की ड्रमार्फत् बिहीबार गरिएको थियो । बम्पर लक्की ड्रअन्तर्गत काठमाडौंका लोकेश बज्राचार्यले हुन्डाइ आइ–२० जित्नुभएको छ । कम्पनीले ग्राहकका लागि विभिन्न योजना ल्याउने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?