गोदरेजको क्यास सरप्राइज योजना

Read Time = 2 mins

काठमाडौं । भारतको नम्बर १ रेफ्रिजेरेटर ब्रान्ड गोदरेजले दशैँ तिहारलाई लक्षित गरी गोदरेजको क्यास सरप्राइज नामक योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले गोदरेजको होम एप्लायन्स खरिदमा आकर्षक क्यासब्याक र उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले हरेक गोदरेज सामानको खरिदमा २६ प्रतिशतसम्मको अधिकतम छुट र आकर्षक उपहार पाउन सक्ने बताइएको छ ।

फ्रन्ट लोड वासिङ मेसिन खरिदमा आकर्षक छुटका साथै छ केजी सर्फ एक्सेल म्याटिक वासिङ पाउडर र टप लोड वासिङ मेसिन खरिदमा आकर्षक छुटका साथै तीन केजी सर्फ एक्सेल म्याटिक वासिङ पाउडर पनि पाउन सकिनेछ । सेमी अटोमेटिक वासिङ मेसिन खरिदमा दुई केजी सर्फ एक्सेल म्याटिक वासिङ पाउडरका साथै माइक्रोवेभ ओभनमा आकर्षक छुट पाउन सकिनेछ । त्यस्तै रेफ्रिजेरेटर, एयरकुलर, छोटुकुल, चेस्ट फ्रिजर, एसी र भाइरोसिल्ड खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी एसीमा आकर्षक छुट र चार हजार रुपैयाँबराबरको निःशुल्क एसी जडान सुविधाका साथै फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधासमेत रहेको कम्पनीले जनाएको छ । नेपालस्थित गोदरेजको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?