नौ अर्ब ६१ करोडको सेयर कारोबार

Read Time = 2 mins

काठमाडौं । साताभर सेयर बजार ४५ अंकले घटेको छ । साताको छ दिन खुलेको बजार दुई दिन झिनो अंकले बढे पनि साताको अन्तिम दिन सेयर बजार परिसूचक १६.९३ अंक घटेर साताको बजार बन्द भएको थियो । कारोबारमा आएकामध्ये जीवन बीमाबाहेक सबै १२ समूहगत सूचक घटेका छन् । गत साता ३० अंकले घटेको बजार यस साता ४५.६१ अंकले घटेर २०२२.६२ अंकमा बन्द भएको हो ।

त्यस्तै यस साता सेन्सेटिभ इण्डेक्स २.०८ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स १.९५ प्रतिशत र सेन्सेटिभ फलोट इण्डेक्स २.०५ प्रतिशत घटेको छ भने साताभर नौ अर्ब ६१ करोडको कारोबार भएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको हो ।

गत साता दैनिक औसत दुई अर्ब १० करोडको कारोबार भएकोमा यस साता औसत एक अर्ब ६१ करोडको मात्रै कारोबार भएको छ । गत साता २९ खर्ब ६३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यस साता ६५ अर्ब रुपैयाँ घटेर २८ खर्ब ९८ अर्ब रुपैयाँमा सीमित भएको छ भने नेप्सेको कुल बजार पुँजीकरण २.२१ प्रतिशत घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?