थापाको जोडी च्याम्पियन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । लमजुङ साइनो टिम सातौं खुला तथा चौथो प्रविणकुमार कायस्थ स्मृति राष्ट्रिय युगल ब्याटमिन्टन प्रतियोगितामा सुजन थापा र दीपक राना च्याम्पियन बन्नुभएको छ । बेंसीशहर नगरपालिका वडा नं ८ मा हरितालिका तीजका अवसरमा लमजुङ युवा क्लबको आयोजनामा आयोजित यस प्रतियोगिताको आइतबार भएको फाइनल खेलमा प्रियान्सुसिंह क्षेत्री र राजु थापाको जोडीलाई २१-१७ र २१-१३ को सोझो सेटमा पराजित गर्दै उक्त जोडी च्याम्पियन बनेको हो ।

च्याम्पियन बनेसँगै उक्त जोडीले ४० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो हुन सफल राजुको जोडीले २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । कास्कीका विधान अधिकारी र विशाल खड्का तथा बुटवलका गणेश रायमाझी र विवेक न्यौपानेको जोडी १०/१० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । विजयी खेलाडीलाई बेंसीशहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्यालले पुरस्कार वितरण गर्दै यस्ता प्रतियोगितामा खेलाडीहरूले स्थान पाउने बताउनुभयो ।

गत बिहीबारदेखि सुरु भएको यस प्रतियोगितामा देशभरका २६ टोलीको सहभागिता रहेको क्लबका कार्यवाहक अध्यक्ष विजयकुमार श्रेष्ठले बताउनुभयो । बर्सेनि यस्ता प्रतियोगिता गर्दै आएको र आगामी वर्षमा पनि निरन्तरता दिइने उहाँको भनाइ छ । यस क्लबले यसअघि दुई वर्ष भने कोरोना संक्रमणका कारण कुनै पनि कार्यक्रमको आयोजना गरेको थिएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?