सबै राजनीतिक दलका नेता देखिने पात्र मात्र

Read Time = 9 mins

✍️ ओम आचार्य

सिनेमामा दर्शकले चिन्ने भनेको हिरोलाई हो । त्यसका पात्रहरूलाई चिन्ने हो । फल्मिमा बिक्ने भनेको हिरो हो । फिल्मको प्रोडक्टरलाई कसैले चिन्दैनन् निर्देशकलाई चिन्दैनन । चिन्ने नै हिरो र पात्रहरूलाई हो । अहिले नेपालको राजनीतिमा राष्ट्रिय दलको मान्यता प्राप्त गरेका राजनीतिक दलहरू चाहे ती कांग्रेस हुन् या माओवादी हुन् या एमाले नै हुन् वा अन्य सासाना दलहरू हुन् ती दलहरूको शीर्ष नेताहरू र त्यसमा संलग्न जम्मिेवार नेताहरू ती सिनेमाका पात्रहरू जस्तै राजनीतिक रंगमञ्चमा चिनिने र देखिने पात्रमात्र हुन् । ती दलहरूको निर्देशक भनौँ या डाइरेक्टर ती सिनेमाको जस्तै पर्दापछाडि छन् ।

अहिलेको प्रतिनिधिसभाको निर्वाचनपछि कसैले पनि सरकार निर्माण गर्न प्रष्ट बहुमत प्राप्त गर्न नसकेपछि दलहरूको राजनीतिमा देखिएको चरित्र विचार, अभिव्यक्तिले र विचलनले यस्तै संसय र प्रश्न उठ्छ । नेपाली कांग्रेस निर्वाचन, त्यसपछि सरकार निर्माणसम्म पाँच दलीय गठबन्धन यथावत् रहने प्रतिबद्धता कांग्रेसलगागायत सबै दलले गरेका थिए । सरकारको नेतृत्व गर्ने विषयमा मतान्तर हुँदा पाँच दलीय गठबन्धन भंग भयो । एमालेको नेतृत्वमा अर्को सातदलीय गठबन्धन बन्यो रसरकारको नेतृत्व प्रचण्डले गर्नेगरी सरकार बन्यो ।

माओवादी दलले सरकार निर्माण गरेदेखि त्यस पार्टीमा आएको निर्णय क्षमतामा ह्रास र सातदलीय गठबन्धनको आवरणभित्र नरहने राजनीतिक शैलीले माओवादी पनि त्यस पार्टीको देखिने पात्रमात्र हो निर्देशक पर्दापछाडि छन् ।

यतिसम्म हुनु राजनीतिमा कुनै आश्चर्य त होइन । आश्चर्य त विश्वासको मत लिने क्रममा नेपाली कांग्रेसले प्रचण्डको नेतृत्वको सरकारलाई विश्वासको मत दिनुमा देखियो । अहिले राजनीतिमा चर्चा भएजस्तो सभामुख, राष्ट्रपति पद प्राप्तिका लागि विश्वासको मत दिएको र राजनीतिक सन्तुलनकै लागि यस्तो गरिएको हो भनिए पनि यस विचारमा विश्वास गर्न सकिँदैन । आखिरमा प्रचण्ड सरकारलाई विश्वासको मत दिनु नै थियो र प्रचण्डको नेतृत्वको सरकारलाई विश्वास गर्नु नै थियो भने पाँच दलीय गठबन्धन रहँदै प्रचण्डको नेतृत्वमा सरकार निर्माण गर्न किन कांग्रेस मानेन ? र विश्वासको मत किन दियो ? यही प्रश्न र अन्य संसयले राजनीतिक दलमा निर्देशक छन् कि नभन्ने ? देउवा र त्यस दलका पदाधिकारी देखिने पात्र हुन् ?

यस्तै माओवादी दलमा छ । पाँच दलीय गठबन्ध भंग गरेर सातदलीय गठबन्धन गर्दै सरकारको नेतृत्व गर्न पुगेका प्रचण्ड कांग्रेसको विश्वासको मत पाएपछि राष्ट्रिय सहमतिको नाममा सातदलीय गठबन्धनको आवरणभित्र नरही आफ्नो अनुकूलको राजनीति गर्न उद्धत्त छन् र यसैको उदाहरण ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा दिनु हो । अहिले राजनीतिक दलमा इमानदारी, चारित्रिक अनुसाशन र विश्वासमा विचलनमात्रै आएन ती राजनीतिक दलको धर्म विचार र सिद्धान्तसमेत स्खलन हुँदै गएको छ । माओवादी दलले सरकार निर्माण गरेदेखि त्यस पार्टीमा आएको निर्णय क्षमता र सातदलीय गठबन्धनको आवरणभित्र नरहने राजनीतिक शैलीले माओवादी पनि त्यस पार्टीको देखिने पात्रमात्र हो निर्देशक पर्दापछाडि छन् यस्तै हो त ?

एमाले पनि निर्वाचनको समयदेखि नै निर्वाचन प्रयोजनकै लागि अन्य राजनीतिक दलसँग गरेको गठबन्धन र सातदलीय गठबन्धनका सूत्रधार एमालेले सात दलसँग गरेको गठबन्धन र तिनीहरूको शर्त निशर्त स्वीकार गर्नु राजनीतिमा उदेकलाग्दो छ । कुनै राजनीतिक संघीयताविरोधी कुनै राजनीतिक दल राजावादी र हिन्दू राज्यका पक्षधर रहेका समेतको सात दलीय गठबन्धन गणतन्त्रका लागि अनुत्पादक हुन सक्छ । यस्तो दृश्यको आकलन हुँदाहुँदै गठबन्धन गर्नु एमाले पनि राजनीतिमा देखिने पात्रमात्रा हुन् ? यिनीहरूको निर्देशक अरू कोही छन् ?

केही दिनपूर्व मेची-महाकाली अभियान सुरु भएको छ । त्यस अभियानमा पूर्वराज ज्ञानेन्द्र शाहका परिवारसहितको उपस्थिति गराएर हजारौं नागरिकको उपस्थितिमा ‘राजा आऊ देश बँचाऊ’ को नारा लगाउँदै राजतन्त्र भिœयाउने झझल्को नागरिकको मन मष्तिष्कमा पार्न सक्नु राजनीतिक दलका लागि चुनौती हो ।

केही दिनपूर्व मेची-महाकाली अभियान सुरु भएको छ । त्यस अभियानमा पूर्वराज ज्ञानेन्द्र शाहका परिवारसहितको उपस्थिति गराएर हजारौं नागरिकको उपस्थितिमा ‘राजा आऊ देश बँचाऊ’ को नारा लगाउँदै राजतन्त्र भित्र्याउने झझल्को नागरिकको मन मष्तिष्कमा पार्न सक्नु राजनीतिक दलका लागि चुनौती हो । यो अभियानको विरुद्ध कुनै राजनीतिक दलले विरोध गरेनन् मौनता साधे । एमाले र कांग्रेस दुवैले राष्ट्रपति पदको अपेक्षाले यो यस्तो मौनता साधेका हुन् । राष्ट्रपति पदका लागि यसरी मौनता साध्नु यी राजनीतिक दलहरूलाई महँगो पर्न सक्छ यो मेची-महाकाली अभियान ।

माओवादीलाई यो सुवर्ण अवसर भएको छ । प्रचण्डको नेतृत्वको सरकार अझ गृहसमेत आफ्नै जिम्मामा रहेको समयमा यो ‘मेची महाकाली अभियान’ अभूतपूर्व सफल हुनु र कुनै राजनीतिक दलले सरकारको विरोध नगर्नु प्रचण्ड अब आउँदा दिनमा अरू प्रचण्ड भएर आउन सक्छन् ? अहिले राजावादीहरूको चलखेल बढ्दै गएको छ र चलखेलको समय अहिले हुनु र प्रचण्डको सरकारलाई राष्ट्रिय दलको मान्यता प्राप्त गरेका सबै दलको विश्वास रहनु यो संयोगमात्र हो भनेर मान्न सकिँदैन । विश्वासको मत प्राप्त गरेको प्रचण्ड सरकारले गरेको सबै निर्णयहरू विश्वासको मत दिएको सबै राजनीतिक दलको निर्णय हो भन्दा फरक नपर्ला ।

झट्ट हेर्दा वर्तमान राजनीतिको शैली र रणनीति हेर्दा सबै राजनीतिक दलहरू एमाले जसलाई त पहिलेदेखि नै प्रतिगामी आरोप लागेकै हो अब यसमा माओवादीमात्रै होइन नेपाली कांग्रेस प्रतिगामी पथमा उन्मुख त छैन ? यसो किन नभन्ने सबै राजनीतिमा देखिने पात्रमात्र हुन् यिनीहरूको निर्देशक अरू नै छन् । अहिलेको वर्तमान राजनीतिले यिनीहरूको रणनीतिले यसै भन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?