फेरि सत्याग्रह थाल्ने डा. केसीको चेतावनी, माग पूरा गर्न दुई साताको ‘अल्टिमेटम’

डिबी शर्मा
डिबी शर्मा
Read Time = 4 mins

काठमाडौं । चिकित्सा क्षेत्र सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले फेरि सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले स्वास्थ्य क्षेत्रको सुधारका लागि अघि सारेको माग पूरा नभए भदौ २७ गतेदेखि सत्याग्रह थाल्ने चेतावनी दिनुभएको हो । यसअघि केसीले भदौ १२ देखि सत्याग्रह सुरु गर्ने घोषणा गर्नुभएको थियो । वर्तमान सरकारले स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रलाई थप अस्तव्यस्त पार्ने कदमहरू चालेको भन्द सुधारका लागि ६ बुँदे माग अघि सार्नुभएको छ ।

केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्याअनसार बढाउन माग गर्नुभएको छ । त्यसैगरी, जनसंख्या वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्दै सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्ने उहाँको माग छ । केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्न पनि माग गर्नुभएको छ । स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, अवैधानिक स्वास्थ्य संस्थाहरूमाथि नियन्त्रण गरिनुपर्ने पनि माग गर्नुभएको छ । जनसंख्या वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्नुपर्ने उहाँको माग छ ।

‘अब धैर्य गर्न सक्ने अवस्था छैन’
डा. गोविन्द केसीले स्वास्थ र शिक्षामा चरम व्यापारीकरण भएकाले बारम्बार सत्याग्रह बस्नुपरेको बताउनुभएको छ । राज्यले नयाँ सार्वजानिक संस्था नखोल्ने र भएका संस्थालाई धराशायी बनाउने काम गरेको उहाँको आरोप छ । राजनीतिक दलले सार्वजनिक स्वास्थ्य संरस्था आफ्ना अयोग्य कार्यकर्ता भर्तीकेन्द्र बनाएकाले गरिब र निमुखा उपचारबाट वञ्चित भएको उहाँको भनाइ छ । विभिन्न विषयमा आफूहरूले सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएकाले अब धैर्य गर्न सक्ने अवस्थामा नरहेको बताउनुभयो ।

‘वर्तमान सरकार बनेपछि केही सुधार होला भन्ने अपेक्षा थियो । तर, त्यसको विपरीत वर्तमान सरकारले स्वास्थ्य र मेडिकल शिक्षालाई अस्तव्यस्त पार्ने काम गर्‍यो,’ उहाँले भन्नुभयो, ‘गर्नुपर्ने कुनै काम गरेको छैन । प्रतिबद्धताहरूको कार्यान्वयन होला भने एक वर्षको समय पनि लियौँ । धैयर्तापूर्वक कुरेर पनि बस्यौँ । तर, चुनाव घोषणा भइसक्दा पनि कुनै पनि प्रतिबद्धता कार्यान्वयन भएका छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?