सामसुङ र टियुबीच प्रविधि सहकार्य

Read Time = 2 mins

काठमाडौं । सामसुङले नेपालप्रतिको प्रतिबद्धता सुदृढ गर्दै सामसुङ इनोभेसन क्याम्पस सिएसआर कार्यक्रमअन्तर्गत युवालाई भविष्यका प्राविधिक सीप उपलब्ध गराउन त्रिभुवन विश्वविद्यालय (टियु) को इन्ष्टिच्युट अफ इन्जिनियरिङ संस्थानसँग सहकार्यका लागि सम्झौता गरेको छ ।

सम्झौताअनुसार युवालाई वास्तविक काम, सीप र माग अनुकूल प्राविधिक सीप प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीले नेपाली युवालाई भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स जस्ता प्राविधिक सीपमा तालिम दिने जनाएको छ ।

सामसुङ इलेक्ट्रोनिक्सका एसडब्ल्युए क्षेत्रीय अध्यक्ष तथा सिइओ केन काङ र सामसुङ इलेक्ट्रोनिक्स ग्लोबलका अध्यक्ष तथा प्रमुख वित्तीय अधिकारी एचके पार्कको उपस्थितिमा टियुको इन्ष्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डिन डा. शशिधर राम जोशीले सम्झौतापत्र आदानप्रदान गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?